प्रतिनीधिसभामा अब ५ स्थानको नतिजा आउन बाँकी



सैघाली खबर
काठमाडौं,२६ मंसिर

प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये बिहान ८ बजेसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र)ले ३६, नेपाली काँग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरम नेपालले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हाँसिल गरेका छन् ।

यसैगरी स्वतन्त्र एकजनाले विजय हाँसिल गरेका छन् । अब नतिजा आउन बाँकी ५ स्थानमा एमाले चार र राजपाका उम्मेदवारले एक स्थानमा अग्रता लिइरहेका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रदेशमा अहिलेसम्मको नतिजा अनुसार एकसय ६५ सिट जित्दै एमाले पहिलो स्थानमा छ भने माओवादी केन्द्रले ७१ र कांग्रेसले ३९ सिट जितेको छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४ सय ४२ मत प्राप्त गरी अग्र स्थान लिइरहेको छ ।

कांग्रेसले आठ लाख ७८ हजार ८ सय २४, माओवादी केन्द्रले तीन लाख ८५ हजार ४ सय ३४, संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्