सर्लाही क्षेत्र नं. ४ को मतगणना अझै सूरु हुन सकेन्



सैघाली खबर
सर्लाही,२६ मंसिर


प्रतिनिधी सभा सदस्य तर्फ सर्लाही क्षेत्र नं. ४ को मतगणना अझै सूरु हुन सकेको छैन् । दलका प्रतिनिधी बीचको विवादले आइतवार राती साँढे १० बजेदेखि मतगणना रोकिएको छ । बलरा नगरपालिकामा रहेको जनता आधारभुत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वाट मात्रै शिल रहेको भेटिएपछि दलका प्रतिनिधीले विवाद गर्दा मतगणना स्थगित भएको हो ।

यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउँदा आयोगले गणना सूरु गर्न निर्देशन दिइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तर जिल्लामा दलका प्रतिनिधीबीच कुरा मिल्न सकेको छैन । यस बारेमा आज बिहान दलका प्रतिनिधीहरुबीच पुनः छलफलको तयारी भइरहेको छ ।

घण्टौ देखि मतगणना स्थगित हुँदा परिणाम सुन्न मतगणना स्थल सर्लाही क्याम्पस परिसर बाहिर बसेका राजपा र काँगे्रसका कार्यकर्ताबीच हिजो दिउँसो झडप भएको थियो । झडपमा केही मानिस घाईते भएका छन् भने सवारी साधनमा समेत तोडफोड भएका छन् । प्रहरीले केही शेल अश्रुग्यास प्रहारगरि स्थितीलाई नियन्त्रणमा लिएको थियो ।

सो घटनापछि मतगणना स्थलमा व्यापक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मतगणना रोकिँदा सम्म सो क्षेत्रमा राजपाका उम्मेदवार राकेश कुमार मिश्र कांगे्रसका अमरेश कुमार सिंह भन्दा अगाडि हुनुहुन्छ । मिश्रले १६ हजार ३ सय १८ र सिंहले १५ हजार ९ सय ३५ मत प्राप्त गर्नु भएको छ । अघिल्ला निर्वाचनमा विभिन्न झमेला र झडप हुने सर्लाहीको अति संवेदनशीलन क्षेत्र नं. ४ मा मंसिर २१ को निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्