Banner First

आज साउनको पहिलो सोमवार: यसरी गर्नुहोस् भगवान शिवको अभिषेक

By Thah Online

July 20, 2020

काठमाडौ । हिन्दू धर्ममा साउन महिनामा भगवान शिव व्रत बसेर पूजा आराधना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।धार्मिक पुराणका अनुसार अन्य दिनको तुलनामा साउन महिनामा भगवान शिवको पूजा आराधना गर्दा दुई गुणा लाभ मिल्ने गर्दछ।

भगवान शिवलाई प्रसन्न बनाउनका लागि भक्तजनले शिवलिंगमा फूल र प्रसाद चढाउने गर्दछन्। शास्त्रमा भगवान शिवलाई प्रसन्न बनाउनका लागि केही तरिकाका बारेमा उल्लेख गरिएको छ।

भगवान शिवलाई प्रसन्न बनाउन यसरी गर्नुहोस् अभिषेक

दूधले अभिषेक

यदी तपाईको घरमा हरेक समय कलहको वातावरण बनिरहन्छ भने तपाईले साउन महिनामा दूधले शिवलिंगको अभिषेक गर्नुंहोस्। यसो गर्दा घर वा अफिसको कलह शान्त हुने गर्दछ। यसो गर्दा मुर्ख व्यक्ति पनि बुद्धिमान हुने शास्त्रमा उल्लेख छ।

जल चढाउनुहोस्

शिवलिंगलाई जलले अभिषेक गर्दा विभिन्न मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। हरेक दिन शिव लिंगमा जल चढाउँदा मन शान्त हुनुका साथै भगवान चाडै प्रसन्न हुने विश्वास गरिन्छ।

घ्यूले अभिषेक गर्नुहोस्

यदी घरमा कोही व्यक्ति प्रायः बिरामी हुने गर्दछ भने तपाई भगवान शिवको लिंगमा शुद्ध घ्यूले अभिषेक गर्नुहोस् । यस्तो गर्दा रोग तथा स्वास्थ्य समस्या टाढा हुनुका साथै वंश पनि विस्तार हुने विश्वास गरिन्छ।

महले अभिषेक

यदी घरमा कुनै व्यक्ति गम्भिर रोगबाट ग्रसित छ भने महले शिव लिंगको अभिषेक गर्नुहोस्। यसो गर्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या हटेर जानेछन्।

उखुको जुसले अभिषेक

यदी तपाई जीवनमा निकै दुखी हुनुहुन्छ भने उखुको जुसले शिवलिंगको अभिषेक गर्नुहोस्। यसो गर्दा तपाईको घरमा खुशी फर्किनेछ।

गंगाजल चढाउनुहोस्

मृत्युपछि मोक्ष प्राप्त गर्न चाहनुहुन्छ भने गंगाजलले शिवलिंगको अभिषेक गर्नुहोस्। यसो गर्दा मोक्ष मिल्ने धार्मिक शास्त्रमा उल्लेख छ।

हिन्दु धर्मावलम्बीहरूको अरू धर्मावलम्बीहरूको भन्दा धेरै आस्थाका धरोहरहरू रहेको पाइन्छ ।

हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको शक्तिलाई विशेष रूपमा लिने गर्दछन् । हरेक वर्ष श्रावणको सोमबार ब्रत बसेर शिवको पुजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरूका लागि ठुलो महत्व बोकेको छ । श्रावण महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ ।

के छ महत्व? 

धर्म ग्रन्थहरूमा उल्लेख गरिए अनुसार श्रावण महिनालाई एकदमै पवित्र महिनाको रूपमा मानिन्छ । श्रावण महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने हुनाले श्रावण महिनामा शिव भगवानको पुजा आराधना गरिन्छ । श्रावण महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।

कहिलेदेखि सुरू भयो ब्रत बस्ने चलन ? श्रावण महिनामा सेमबारको दिन ब्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरू भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ । श्रावण महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ ।

किन लगाइन्छ रातो, हरियो र पहेँलो ?

भगवान शिवलाई हरियो, रातो र पहेँलो रङ्ग मनपर्ने मान्यता भएकाले श्रावण महिनाको सुरूवात भएसँगै महिलाहरूले हरियो रङ्गका वस्त्र र चुरा पोतेहरू लगाउने गर्दछन् । हरियो रङ्गलाइ सौभाग्यको रङ्ग पनि भनिन्छ । श्रावण महिना हरियालीको महिना र प्रकृतिसँग आफुलाई जोड्ने महिना रहेकाले हरियो रङ्गका कपडाहरू लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिको साथ रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ । ब्रत बस्दा के गर्ने के नगर्ने ?

– बिहान छिट्टै उठ्ने, – शुद्ध वस्त्र लगाउने,९काले वस्त्र कहिल्यै नलगाउने० – एकछाक मात्र भोजन गर्ने, – पुजाको थाली तयार गर्दा चामल, बेसार, मेहेन्दी, अबिर, सिन्दुर, कपुर, धुपबत्ती, धतुरोको पुष्प, मह, काँचो दुध, भष्म ९खरानी०, गंगाजल, बेलपत्र, अष्टगन्ध, चन्दन आदि समावेश गर्ने, – भगवान शिवलाई रातो फुल नचढाउने, ९निलो र सेतो फुल भगवान शिवको प्रिय फुल हो० – शुद्ध आसनमा बसी शिव भगवानको ध्यान गर्ने, पाठ पढ्ने र हातमा अक्षता र फुलपाती लिएर सङ्कल्प गर्ने, – तामाको थालिमा बेलपत्र राखेर त्यसमाथी शिवलिङ्ग स्थापना गर्ने, -शिवलिङ्ग स्थापना गर्दा घरभित्र नभएर घरको आँगनमा स्थापना गर्ने यदि घरमा सम्भव नभए शिवको मन्दिर जाने । के खाने के नखाने?  खान हुने । आलु, दही, फलफुल, फलफुलको जूस, दुधमा बदाम भिजाएर, कागती पानी, शुद्ध दुधमा पकाएको साबुदाना खान नहुने । मुसुरोको दाल, भ्यान्टारबैगुन, लसुनरप्याज, च्याउ, अण्डा, माछा(मासु)