सैघाली खबर
कञ्चनपुर ,२६ मंसिर
कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनकातर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा. दीपकप्रकाश भट्ट २६ हजार ३ ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश लेखकले २६ हजार १०६ मत प्राप्त गर्नुभयो । डा भट्टले लेखकलाई १२६ मतको झिनो अन्तरले पराजित गर्नुभएको हो ।
यसैगरी निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२ हजार ८१७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गर्नुभएको छ ।
(ख) प्रदेशसभामा वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकतटम प्रतिस्पर्धी कांग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गर्नुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।