राप्ती गाउँपालिकामा साउन ९ गते रक्तदान कार्यक्रम हुँदै



ओमप्रकाश गुप्ता , सिसहनियाँ ५ साउन । दाङको राप्ती गाउँपालिका स्वास्थ्य शाखाले रक्तदान कार्यक्रमको अायोजना गरेको छ । दाङमा रगतको अभाव भएपछि स्वास्थ्य शाखाले रक्तदान कार्यक्रमको अायोजना गरेको स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिएका छन् ।

रक्तदान जिवनदान भन्ने मुल नाराका साथ
नेपाल रेडक्रस सोसाईटी उपशाखा लालमटियाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा साउन ९ गते शुक्रवारका दिन विहान ८ बजे देखि गाउँपालिकाको सभाहलमा रक्क्तदान कार्यक्रमको अायोजना गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।
स्वस्थ्य ब्यक्ति कार्यक्रममा सहभागी भई रक्क्तदान गर्न सवैमा अायोजकले अनुरोध समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्