मन्त्रिपरिषद् बैठक सुरु, आन्तरिक हवाई उडानबारे छलफल हुने



काठमाडौं /०५ साउन ।
सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सरकारले पछिल्लो पटक लकडाउनको अवधि साउन ७ गतेका लागि लम्ब्याएकोमा अवधि सकिँदैछ।

अबको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीका बारेमा निर्णय गर्ने ठानिएको छ। नेपालमा काेराेना राेकथामका लागि गत चैतबाट लकडाउन लागू भएकाे हाे।यद्यपि असार १ गतेदेखि लकडाउन खुकुलाे भइसकेको छ।

कोभिड १९ संकट व्यवस्थापन समितिले लकडाउनको मोडालिटी तय गरी मन्त्रिपरिषद्मा पेश गरिसकेको छ।

आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव राखिने र छलफलले निर्णय गर्ने स्रोतको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्