सोमबारदेखि रोकिएको सुनसरी ३ को मतगणना सुरु



सेैघाली खबर,
सुनसरी २६ मंसिर, । सुनसरी क्षेत्रनम्बर ३ मा रोकिएको मतगणना पुनः सुरु गर्ने सहमति भएको छ । अर्धकट्टीसहितको २७ वटा मतपत्र भेटिएपछि विवाद भएका कारण गणनाको काम रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले गणना सुरु गर्ने सहमति भइसकेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘निर्वाचन आयोगले अविलम्ब गणना सुरु गर्न निर्देशन दिइसकेकाले काम पनि सुरु भयो ।’

 

सुनसरी क्षेत्रनम्बर ३ मा उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी उम्मेदवार छन् । उनीहरुबीच कडा टक्कर छ । गच्छदार १५५ मतअन्तरले पछि परेको बेला विवाद सुरु भएपछि गणना रोकिएको थियो ।

गच्छदार र चौधरीबीच यो तेस्रो पटकको चुनावी प्रतिस्पर्धा हो । यसअघिका दुबै निर्वाचनमा गच्छदारले चौधरीलाई पराजित गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्