सुस्ताका २६५ घर सहित सशस्त्रको बिओपी र सीमा प्रहरी चौकी डुबान



परासी / ०६ साउन।
पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदी पारीको सुस्ता गाउँ गएरातीदेखि डुबानमा परेको हो।

सुस्तामा २ सय ६५ घरधुरी छन्। नारायणी नदीको पानी गाउँमा पसेका कारण सबै घरधुरीसहित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बिओपी) र सीमा प्रहरी चौकी पनि डुबानमा परेको छ।

सशस्त्रको बिओपी र सीमा प्रहरी चौकीसमेत डुबानमा परेपछि हतियारसहित अन्य सामान र सुरक्षाकर्मीलाई पनि सुरक्षित स्थानमा राख्ने तयारी भैरहेको छ।

डुबानमा परेका स्थानीय र सुरक्षाकर्मीलाई गाउँपालिकाले निर्माण गरेको सामुदायिक भवन, स्कुल र अग्लो स्थानमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्