कृष्णमाया, लिलानाथ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार भट्ट सम्मानित




नुवाकोट, साउन ६
नुवाकोटबाट प्रकाशन भईरहेको एक मात्र दैनिक पत्रिका उत्तरगया दैनिकले आफ्नो तेस्रो वर्षको निरन्तताको अवसरमा कृष्णमाया, लिलानाथ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार देवचन्द्र भट्टलाई सम्मानित गरेको छ ।

वार्षिकोत्सव समारोहमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद बहादुर सिहं लामाले पत्रकार भट्टलाई सम्मानपत्र र नगद रु २५ हजार रुपैया पुरस्कारबाट सम्मानित गरेका हुन् ।

नुवाकोटमा रहेर विगत दुई दशक देखि सक्रिय पत्रकारीता गर्दै आएका पत्रकार भट्ट नेपाल टेलिभिजन र अन्नपुर्ण पोष्टको नुवाकोट सवांददाता र  रेडियो भैरवीका सञ्चालक रहेका छन् । साथै, सोहि अवसरमा पत्रिकाको उत्कृष्ट विज्ञापन दाताको रुपमा विरेन्द्र कुमार गुणिलाई सम्मान गरिएको छ ।

उत्तरगया दैनिकका प्रकाश एवम् सम्पादक शिव देवकोटाको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथि सांसद लामा, विशेष अतिथि बागमती प्रदेशका सांसद एवम् नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा त्यस्तै अतिथिहरुमा जिल्ला समन्वयन समितिका प्रमुख सन्तमान तामाङ, उप प्रमुख अप्सरा थापा, प्रमुख जिल्ला अधिकारी झंक नाथ ढकाल, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङ, विदुर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, प्रहरी प्रमुख अबि नारायण काफ्ले, नेपाली कांग्रेस नुवाकोटका सचिव सुरेन्द्र अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्की, पत्रकार महा संघका अध्यक्ष कपिलदेव खनाल लगाएतको उपस्थीति रहेको थियो । साथै उपस्थीत अतिथिहरुले पत्रिकाको सफलता र सम्मानित पत्रकार भट्टलाई बधाई दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्