सल्यानमा कांग्रेसका १६ नेता कार्यकर्ता कार्वाहीमा ।।



 

 

Nepali-Congress-Logo-Terrजेष्ठ, २३
नेपाली कांग्रेस सल्यानका पुर्व उपसभापती लगायत १६ जना कांग्रेस नेता कार्यकर्र्ता कार्वाहीमा परेका छन् । स्थानीय तह निर्वाचनमा अन्यपार्टीलाई सघाएर अन्तरघात गरेको भन्दै पार्टीको २ नं. क्षेत्रीय कमिटीले कांग्रेस नेता तथा कार्यकर्तालाई कारबाही गरेको हो । जिल्लाका पुर्व उपसभापती केसबहादुर बिष्ट लगायत १० जनालाई आजीवन साधारण सदस्य नहने गरि कार्वाही गरेको पार्टीका क्षेत्रीय सचिव नविन पौडेलले जानकारी दिनुभयो । आजिवन सदस्य नरहनेगरी कार्वाहीमा पर्नेहरुमा दिपेन्द्र कुवँर, डम्मर खत्री, बिष्णु शर्मा, खडग केसी, साबित्रा राई, टोपबहादुर मल्ल, तुलसिराम बस्नेत, रेसम बुढाथोकी र धनबहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै, टीका केसी, श्यामनारायण रेग्मी, ध्रुब श्रेष्ठ, सचेत शाह, सहदेब थापा र गणेश केसीसँग १५ दिनभित्र स्पष्टिकरण लिइने पार्टीको बैठकले निर्णय गरेको कांग्रेसले जनाएको छ । १५ दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण नआएमा साधारण सदस्य नरहने गरि कार्वाही गरिने नेपाली कांग्रेस सल्यानले जनाएको छ । सल्यानमा पार्टीका कार्यकर्ताले अन्तरघात गरेका कारण सोचे अनुसार मत ल्याएर बिजय १० स्थानीय तह रहेको सल्यानमा कांग्रेसले शारदा नगरपालिका, छत्रेश्वरी र त्रिबेणी गरि तीन स्थानमा विजय हाँसिल गर्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्