चितवनको समानुपातिकतर्फको मतगणना आजदेखि



सैघाली खबर,
चितवन २६ मंसिर, । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको मतगणना सकिएको चितवनको समानुपातिकतर्फको मतगणना अहिले बिहान १० बजेबाट सुरु हुने भएको छ । यहाँको प्रत्यक्षतर्फको मतगणना सोमबार मात्रै सकिएको थियो ।

समानुपातिकतर्फको मतगणना अहिले बिहान १० बजे भरतपुरस्थित चितवन उच्च माविमा हुने जानकारी चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले दिए ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु हुने समयभित्र उम्मेदवार तथा दलका प्रतिनिधिहरुलाई उपस्थित हुन भनेको छ । मुख्य निर्वाचन अधिकृत शर्माले उम्मेदवार तथा प्रतिनिधि तोकिएकै समयमा उपस्थित नभए पनि गणना अघि बढने जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्