भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन गर्न पाउने सरकारको निर्णय



काठमाडौं / ०६ साउन ।
सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय पछि गरिने बताए ।

उनले स्वास्थ्यका मापदण्ड पालना गरेर र प्रबिधिको प्रयोग गरेर विद्यालयले भर्ना लिन सक्ने, रोकिएका परिक्षाको नतिजा सार्वजनिक गर्न सक्ने बताए ।

साथै उनले आउदा दिनमा कोरोनाको संक्रमणको अवस्था हेरेर कक्षा संचालन बारे निर्णय लिने बताए ।

त्यस्तै,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डअनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्