नेपाली मिडियाबारे संसदीय समितिमा छलफल



काठमाडौं / ०६ साउन।
मंगलबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा नेपाली सञ्चारमाध्यम र तिनमा कार्यरत श्रमजिवी पत्रकार एवं कर्मचारीहरुका विषयमा छलफल गरिएको थियो ।

कोरोना महामारी र यसले पारेका असरका बारेमा छलफल गर्न नेपाल पत्रकार महासंघ र सञ्चारसंवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिलाई छलफलमा बोलाइएको थियो ।

छलफलमा सहभागी महासंघका महासचिव रमेश विष्टलगायतले कोभिड–१९ को बहाना बनाएर मिडिया सञ्चालकले पत्रकारलाई जागिरबाट निकाल्न थालेको बताए । मिडिया सञ्चालकहरुले भने सरकारले सहयोग नगरेको गूनासो गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनालाई देखाएर श्रमजीवी पत्रकारलाई कामविहीन बनाउन नपाइने बताए ।

रेडियो नवीकरणमा शतप्रतिशत छुट दिएको, सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको उल्लेख गर्दै मन्त्री खतिवडाले सरकारले मिडिया सञ्चालकलाई सक्दो सहयोग र सहुलियत दिएको बताए ।

श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको उनको भनाइ छ । सञ्चारमाध्यममा देखिएका समस्या श्रम, अर्थ र सञ्चार मन्त्रालय बसेर टुङ्ग्याउन सकिने पनि मन्त्री खतिवडाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्