केरुङ छ्यो ताल फुट्ने फुट्ने खतरा हट्यो

वर्षा रोकिएपछि पानीको सतह एक मिटर घट्यो


सिन्धुपाल्चोक / ०७ साउन।
सिन्धुपाल्चोक-खासा नजिकैको केरुङ छ्यो तालको सतह एक मिटर घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबार सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो।

चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी दीएका छन् ।

२०७३ असार २१ गते खासानजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस बनाएको थियो ।

चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्