पर्सामा वाम गठबन्धनले नसोचेको परीणाम ल्यायो



सैघाली खबर,
पर्सा, २५ मंसिर। – प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा देशभरी उत्साहजनक परिणाम ल्याएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन पर्सामा भने बढारिएको छ ।
संविधान जारी भएपछि मधेस केन्द्रित दलले सुरु गरको आन्दोलनको इपिसेन्टर मानिएको पर्साका ४ प्रदेशसभा र ८ प्रदेशसभा सिट मध्ये गठबन्धनक एक जना उम्मेदवार मात्र दोश्रोमा रहे । प्राय अरु सबै उम्मेदवारको धरौटी जफत भएको छ ।
पर्सा ४ को प्रदेशसभा कमा एमालेका जयप्रकाश थारु मात्र प्रतिस्पर्धामा आउनुभयो । नेपाली कांग्रेसका शंकरप्रसाद चौधरीसँग उहाँ ४ सय ४८ मतअन्तरले पराजित हुनुभयो । प्रतिनिधिसभा तर्फ पर्सामा संघीय समाजवादी फोरमले ३ र राष्ट्रिय जनता पार्टी राजपाले एक सिट जिते ।
यी दुई दलले पर्सासहित तराईका अधिकांश ठाउँमा गठबन्धन गरेका थिए । यस्तै प्रदेशसभाका ८ सिटमध्ये ५ क्षेत्रमा संघीय समाजवादी फोरम, २ क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा राजपाका उम्मेदवार विजयी भए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्