मुख्य समाचार

गृह मन्त्रालयको प्रवक्ताको जिम्मा काफ्लेलाई

By थाहा अनलाइन

June 06, 2017

काठमाण्डौ जेठ,२३ । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ । यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहनुभएका काफ्लेले आजैबाट मन्त्रालयमा बहाल हुनुहुनेछ  मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौँको प्रमुख जिल्ला अधिकारी हुनुभएकाले नयाँ जिम्मेवारीमा काफ्ले आउनुभएको हो । काफ्ले यसअघि दाङमा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्नुभएको थियो । दाङमा रहँदा उहाँले परिपक्व र सालिन प्रजिअको परिचय स्थापित गर्नुभएको थियो ।