निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा



सैघाली खबर,
चितवन २६ , मङ्सिर। नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको छ ।

 

वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हँुदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हँदैछ ।

मतदातालाई सडकमा नै गाडीमाथिबाट उहाँले धन्यवाद दिइरहनु भएको छ । सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर दाहाललाई स्वागत गरेका छन् । वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र ९क० प्रदेशबाट निर्वाचित नेकपा ९एमाले०का कृष्ण भूर्तेल र ९ख० प्रदेशबाट निर्वाचित नेकपा ९माओवादी केन्द्र०का रामलाल महतो पनि सहभागी हुनुभएको छ ।

आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलो पटक निर्वाचन लड्न आउनुभएको हो । उहाँले राप्रपा९प्रजातान्त्रिक०का उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गर्नुभएको थियो । दाहालले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्