टप फिचर

बुधबार अन्तर्राष्ट्रिय उडानबाट ५७० जना स्वदेश फिर्ता

By थाहा अनलाइन

July 22, 2020

काठमाडौं / ०७ साउन । आज बुधबार अन्तर्राष्ट्रिय उडानबाट कुल ५ सय ७० जना नेपाल आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले क्वालालाम्पुरबाट २६४ जना यात्रु लिएर नेपाल आएको छ ।

हिमालयले समेत क्वालालाम्पुरबाट दुई उडानबाट क्रमशः १४८ र १४५ जना यात्रु लिएर नेपाल आएको छ ।

बुधबार रोयल एयरफोर्सको जहाजले दुबईबाट १३ जनालाई काठमाडौं ल्याएको छ । एयरफोर्सको जहाजले कार्गो समेत बोकेर आएको थियो ।

बिहीबार भने अन्तराष्ट्रियतर्फ एक मात्र उडान तय भएको छ । सिंगापुरबाट सिल्क एयर बिहीबार काठमाडौं आउनेछ ।

बुधबार आन्तरिकमा भने चहलपहल बढी देखिएको थियो।