भदौ १ गतेसम्म उपत्यका प्रवेश गर्न पास चाहिने



काठमाण्डौँ, साउन ७
सरकारले लकडाउन अन्त्य गरेपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ।

लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। ‘हामीलाई माथीबाट त्यस्तै आदेश छ’, एसएसपी ढकालले भने।

सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको थियो। उपत्यकाको हकमा तीन जिल्ला र बाहिरको हकमा एक जिल्लाभित्र सवारी साधन सन्चालनलाई गत असोज २६ गतेदेखि खुला गरिएको थियो।

यातायात व्यवशायीले आफ्ना मागहरु पुरा भएपछि बिहीबारदेखि सवारी साधन सन्चालन गर्दैछन्। जोर-बिजोर प्रणाली पनि खारेज गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।