कोरोना सङ्क्रमणका कारण थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ४३ पुग्यो



काठमाण्डौँ, साउन ८
नेपालमा कोरोना सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । वीरगञ्ज –६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उहाँलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

दिउँसो एक बजेतिर गण्डकमा भर्ना हुनुभएका उहाँको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ । मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो ।

उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको पनि उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्