जातका नाममा मान्छे मार्न पाइने ?न्याय खोज्दा सामाजिक सद्भाव भड्काई भन्ने?



जातका नाममा मान्छे मार्न पाइने , धारा पधेरा मा जात कै नाममा हाम्रा दिदिबहिनी लाई कुटन पाइने? हाम्रा समुदायका चेलीलाई फसाएर , फकाएर इज्जत लुट्न मिल्ने , मोज गर्न मिल्ने अनि स्वीकार गर्नु पर्दा जात नमिल्ने ? परिवार र समाजले स्वीकार गर्दैन भनी दिदिबहिनीको जिन्दगी बर्बाद गर्न मिल्ने ? मैले न्याय खोज्दा, न्यायको लागि पहल गर्दा र यस्ता घटनाको
बिरोध गर्दा जातिबादी भन्ने ?

अनि सामाजिक सद्भाव भडकाउन लागि भन्नेहरु जात कै नाम दिएर यस्ता घटना र अन्धबिस्वासको विरुद्ध किन बोल्न सक्दैनौं ।
मैले हाम्रा समुदायमा भएका घटनालाई उजागर गर्दा तिमीहरु देख्न सुन्न सकेका छैनौ ।
हामी सदियौ देखि भोग्नेको पीडा बुझ्न सक्छौ ?

चाहे त्यो सामाजिक संजालमा होस् चाहे गाउँ सहरमा होस् अब पनि विभेद , हामी र समुदायलाई जातीय रूपमा अपमान गर्नेलाई अब कडारुप मै कारवाहीको लागि पहल गरिन्छ ।

२१ औं सताब्दिका सभ्य भन्नेहरु केही गर्न र साथ दिन नसके पनि समाजको यस्तो अमानवीय जातको नाममा गरिने
अमानवीय व्यबहारलाई गलत हो भन्नी हिम्मत त राख                सरु सुनार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्