लक्ष्मण रसाइली/जाजरकोट
सडक पुगेको बर्सौ बित्यो तर समस्या भने जस्ताका त्यस्तै छन।बर्षा को पहिरो हिलो र अन्य मौसममा धुलो ले कहिले छोडेन।जाजरकोट सदरमुकाम बाट डोल्पा सम्म जोडिएको सडक बनेको धेरै बर्ष बित्यो तर समस्याले भने छोडेन।नेपालगन्जबाट सिधै डोल्पा जोडिएको सडक जाजरकोट सदरमुकाम सम्म पक्की बन्यो तर त्यहा देखि रिम्ना राडी हुँदै डोल्पा पुग्ने सडक भने केवल बच्चाले खेलेको नक्सा जस्तै बनेको छ ।
ठाउँ ठाउँ मा खहरे खोला खाल्डाले गर्दा आवतजावत मात्र नभई अन्य काममा समेत बाधा पुगेको छ।जाजरकोट सदरमुकाम खलंगा काटन बितिकै सानो मनले यात्रा गर्न सहजै छैन। कुनै खहरे खोलामा पुल निर्माणाधीन भए पनि कुनै खोला र सडक को स्थिति भने निकै बिजोग पुर्ण छ।
जाजरकोट -डोल्पा सडक मा पर्ने बाकेज्युला खोलामा पुल निर्माण भइ रहेको छ तर यहाँ नै काठे साघु तार्नु पर्ने बाध्यता छ।पानी नपर्दा चार पाङ्ग्रे सवारी साधन सिधै खोला भएर जान सक्छन भने भारी बर्षा हुदा भने ठप्प नै हुन्छन।तर आकस्मिक कार्यका लागि प्रयोग हुने दुई पाङ्ग्रे साधन भने छातिमा हात राखी डर सङै तर्नु पर्ने बाध्यता छ।
जाजरकोट-राडी रुकुम सम्म पुग्न यस्ता समस्या छिचोल्दै पुगे पनि अहिले डोल्पा भने कुनै सम्भावना नै हुदैन।गत सोमबार परेको अविरल बर्षा ले उक्त सडक झनै अबरुद्ध गरेको छ।नलगाड नगरपालिका २ को छेप्का-कैना सडक खण्ड तत्काल खुल्न नसक्ने गरि अबरुद्ध भएको छ् त्यस्तै नलगाड कै कालिमाटी -बारेकोट सडकखण्ड पनि यहि हालत छ। हामी आफैले भोगेका केही प्रतिनिधि समस्या भए पनि यस्ता थुप्रै समस्या स्थानियका लागि कति छन छन।
बर्षा लाग्दा स्थानिय सरकारका प्रतिनिधिका होस आउछन र बनाउने आश्वासन दिन्छन तर बजेट छुटने बेला काम नै छुटाउने गरेको पाइन्छ।सडक निर्माण गरेको ५/६ बर्ष सम्म उहीँ हालत रहने गरेको छ।अहिले सडक अबरुद्ध भएकाले बिरामी आवतजावत खाद्यान्न औसधि ढुवानी तथा अन्य कामकाजमा समेत बाधा पुगेको छ।
अब लकडाउन खुकुलो भए संगै बिद्यार्थी तथा अन्य ब्यक्तिहरु आ आफ्नो कामकाजमा फर्कने बेला यस्ता समस्याले अल्झाएको बिद्यार्थी सजन रसाइलीले बताए । गाउँ गाउँ मा बिकास भन्दै बाटो खनियो तर बिकासका नाममा बिनास भएको स्थानिय राजन राना ले बताए।बाटो खन्दा पहिरोको जोखिम पहिरो गए खेतीयोग्य जमिन नै बग्छ र त्यही ठाडो खहरे खोला बग्छन त्यही बाटो रहदैन। सवै समस्या स्थानीय स्तरमा हुने गरेको समेत उनले बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।