गण्डकी प्रदेशमा १० जना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ३६०



काठमाण्डौँ, साउन ९
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठन पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा तनहुँमा १, लमजुङ ३,बाग्लुङ १ र कास्कीमा ५ जना रहेका छन् । कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ३६० पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ९८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा संक्रमण भएर आईसोलेशनमा रहेकाको संख्या २४८ रहेको छ ।

प्रदेशमा संक्रमण भएका १ हजार ३६० मध्ये अहिलेसम्म १ हजार १९४ जना पुरुष र १६६ जना महिला रहेका छन् । प्रदेशमा सवैभन्दा धेरै नवलपरासी पूर्वमा २९८ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १/ १ जना संक्रमित निको भएर घर फर्किएका छन्।

गण्डकी प्रदेशका ११ ओटा जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ ओटा जिल्लामा १ हजा ८२४ जना क्वारेन्टानइमा रहेका छन । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्