Banner Second

वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु

By Thah Online

July 24, 2020

काठमाण्डौँ, साउन ९ वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।

साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।