५ नं। पद्रेशको राजधानी दाङ कि बुटवल समाचार टिप्पणी



मुक्तिबाबु रेग्मी, विजौरी २६ मंसिर ।
संविधान कार्यान्व्यनको व्यवहारिक कार्यान्वयनका लागि अब छिट्टै सरकारे सातवटै प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने अवस्था छ । जस्का लागि सरकारले आन्तरिक गृहकार्य गरिरहको छ । तर हालसम्म प्रदेशको अस्थायी मुकाम कहाँ हुने भन्ने निर्णय भएको छैन । तर अब त्यो निर्णय नगरी सुखै छैन ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचन अघि नै अस्थायी मुकाम तोक्नुपर्ने थियो । तर, त्यतिबेला त्यो तोक्दा निर्वाचनको परिणाममा प्रभाव पार्न सक्ने सम्भाबनालाई मध्यनजर गरि तोकिएको थिएन ।

अब निर्वाचन सकिएको हुँदा विहीबारसम्म अस्थायी मुकाम तोक्ने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । अन्य प्रदेशको मुकाम तोक्ने विषयमा खासै विवाद नरहेता पनि ५ नं। प्रदेशको विषयमा भने व्यापक बहर र विवाद सृजना गर्न खोजिएको छ ।

उच्च अदालत दाङमै छ अनि प्रदेश प्रहरी प्रमुखको कार्यालयपनि दाङमै स्थापना भइसकेको छ । त्यसैले दाङ नै राजधानी बन्ने निश्चित छ । दाङसंग ठूलो भूगोल छ अनि ठूलो संभावना पनि छ । तर त्यसलाई नजर अन्दाज गर्दै बुटवल क्षेत्रका नेकपा एमालेका केही नेताहरुले विवाद सृजना गरेर खेल्न खोजिएका छन् ।

५ नं। प्रदेशको अस्थायी मुकामा दाङ कि वुटवल भन्ने हल्ला भुसको आगो झैं सल्किदै जानुको कारण त्यही हो । प्रतिनिधि सभाको निर्वाचनका बेला नेकपा एमालेका वुटवल आसपासका नेताहरुले वुटवलमा राजधानी बनाउने जनतासँग बाचा गर्दै गर्दा दाङमा पनि बाम गठवन्धनका नेताले त्यस्तै बाचा गरेका छन् । त्यसैले समस्यापनि उनीहरुकै बीचमा रहनेछ । दाङकाले दाङ भन्ने र बुटवल क्षेत्रकाले बुटवल भन्ने दाबी गरिदै आएको छ ।
दाङको निर्वाचन क्षेत्र नं। २ को प्रदेशसभा १ बाट निर्वाचित सांसद शंकर पोखरेलाई बाम गठवन्धनले प्रदेश प्रमुखका रुपमा निर्वाचनमा प्रस्तुत गरेको थियो ।

र अब तिनै बामहरुको निर्णय निर्णायक हुनेछ । किनकि, बहुमत उनीहरुकै छ । त्यसैले प्रदेशको राजधानी दाङ कि वुटवल भन्ने बहस पेचिलो बन्दै गइरहेको छ । पूर्वाधार र जग्गाका हिसाबले दाङको बेलझुण्डीमा प्रदेशको राजधानी बनाउन सकिने विकल्पमा सरकार रहेको देखिन्छ ।

अहिले नेपाल संस्कृत विश्व विद्यालयको जग्गामा बनेको आयुर्वेद शिक्षण अस्पतालको भवनलाई प्रदेशको राजधानी बनाउने गरि आन्तरिक तयारी थालिएको छ ।तर आर्युवेद संकायका उच्च पदाधिकारीहरुको मिलेमतोमा विजौरीमा रहेको विएएमएस पढाई हुने कलेज रातारात सारेर ठाउँ ओगट्ने खेल पनि भएको छ ।

केही समय पहिले दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आर्युवेदको नव निर्मित १०६ कोठाको भवनमा विद्यार्थी नसार्न र पठन पाठन नगर्न आग्रह गरेका थिए । प्रदेश प्रहरी ईकाइ कार्यालय तुलसीपुरका प्रमुख एवं एसएसपी दिलिपकुमार चौधरी र दाङकी प्रहरी प्रमुख दुर्गा सिंह नेतृत्वको टोलीसंगै अवलोकन भ्रमणमा गएका प्रजिअ श्रेष्ठले त्यस्तो निर्देशन दिएपनि क्याम्पस प्रशासन त्यस विपरित चलेको पाइएको छ ।
जसलाई जिल्लावासी र विजौरीवासीले रुचाएका छैनन् । जिल्लाबासीले विजौरीमा रहेको भवनमा पढाई तथा त्यही रहेको मध्यपश्चिम स्तरिय क्षेत्रिय आयुर्वेद अस्पताललाई स्तरवृद्धि गरेर विएएमस सम्मको अध्ययन गर्ने व्यवस्था मिलाउँदा उपयुक्त हुने मत राख्दै आएका छन् ।विश्व विद्यालयमा रहेका उपकुलपति, आर्युवेदका डिन तथा रेक्टरहरु दाङ बाहिरका रहेकाले पनि बेलझुण्डीमा राजधानीको कार्यालय राख्न नदिने खेल सुरु भएको स्वयंम विश्वविद्यालयमा रहेका दाङकै पदाधिकारीको बताउँछन् ।सभाहल सहितको १ सय ६ कोठे भवन प्रदेश राजधानीका लागि उपयुक्त भवन रहेको त्यसको निरिक्षणमा आएको विज्ञ टोलिले पनि सुझाएको छ । यो भवन झन्डै २४ करोडको लागतमा हालसालै निर्माण सम्पन्न भएको हो ।

उक्त भवन सुरुमा आयुर्वेद विषय पढाउनकालागि ६ वर्ष अघि विश्वविद्याय अनुदान आयोग मार्फत ३५ करोडमा निर्माण प्रारम्भ भएको थियो निर्वाचनको समयमा प्रदेशको मुख्य मन्त्रीको रुपमा प्रचार गरिएका नेकपा एमाले नेता शंकर पोखरेल विजौरीबासी नै हुन । उनले मंसिर २१ गते विश्लविद्यालय अन्र्तगतको जनता विद्यापिठ मतदान केन्द्रबाटै पहिलो मतदान गरेका थिए । जो अत्यधिक बहुमतले विजयी भएका छन् ।

पोखरेल आफ्नो गाउँ घर र आफ्नो जिल्लामा राजधानी ल्याउने कुरामा कुनै कञ्जुस्याइगर्ने कुरामा एकरत्तिपनि शंका गर्नु गलत हो ।तर समस्यापनि एमाले भित्रै रहेको बताइन्छ । बुटवल निवासी एमाले उपमहासचिव द्धय विष्णु पौडेल र घनश्यामक भुषालले पनि निर्वाचन जितेका छन् । उनीहरुले पनि बुटवललाई नै राजधानी बनाउने सवाल प्रमुख रुपमा उठाएका थिए । प्रमुख चुनावी मुद्दा उनीहरुको त्यही नै थियो ।

यता माओवादी केन्द्रकामा प्रभावशाली मानिने नेता कृष्णबहादुर महरा जस्ले दाङको निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्य समेत जितेका छन् । उनले पनि दाङलाई राजधानी बनाउने सवाल आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।जस्ले निर्वाचन अघि र जितपछि पनि राजधानी दाङलाई नै राजधानी बनाउने दाबी गर्दै आएका छन् । ५ नं। प्रदेशमा कम्युनिष्ट गठबन्धनको सरकार बन्ने निश्चित जस्तै छ । त्यसैले दाङलाई राजधानी बनाउने सवाल अब के होला रु भन्ने आम चासोको बिषय बनेको छ ।

स्रोत.tulsipuronline

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्