न्यायाधीश चोलेन्द्रलाई महाअभियोगको माग गर्दै माइतीघरमा प्रर्दशन



 

थाहा अनलाइन , काठमाडौ आफ्नै श्रीमतीलाई निर्मम हत्या गरि जलाएका पुर्ब डिआइजी रन्जन कोइरालाको बिहिवार फैसला भए पछि यतिबेला सामाजिक संजालमा निकै चर्को बिरोध र न्यायलय प्रती नै आम नागरिकले प्रश्न उठाएका छन् । भने सर्बोच्च अदालतको यो फैसला प्रती आम नागरिक असन्तुष्ट छन् ।
आफ्नै श्रीमतीका हत्यारा रन्जन कोइराला जन्म कैदको फैसला पछि पनि
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् ।

न्यायाधीश चोलेन्द्रशमसेरलाई महाअभियोग साथै रन्जन कोइरालालाई पुन कारवाहीको माग गर्दै स्वतन्त्र नागरिक समाजले माइतीघर मन्डलामा प्रदर्शन गरेका छन् ।
हातमा भागबन्डाको गोटीले , हत्यारा छुट्यो भेटिले, अपराधीलाई न्याय दिने न्यायाधीशलाई महाअभियोग लगाउ , अदालतको चोला फेर्ने चोलेन्द्रलाई महाअभियोग लगाउ , अदालत भित्रको ngo करण बन्द गर ,जस्ता पेलेकार्ड बोकि बिरोध प्रर्दशन गरेका थिए।
प्रर्दशनका तस्बिरहरु …  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्