भोटको कदर गर्छु चौधरी



दाङ,२७ मंसिर । प्रदेश सभाका सदस्य डिल्ली बहादुर चौधरीले आफुलाई मतदाताले दिएको जिम्मेवारी ईमान्दारी पुर्बक निर्बाह गर्ने प्रतिबद्धता जनाएका छन् । रिपोर्टस् क्लब दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा श्रम राज्य मन्त्री समेत रहेका चौधरीले दाङबाट आफु मात्रै बिजेता भएको भन्दै उनले शशक्त प्रतिपक्षको भुमिका निर्बाह गर्ने बताए ।

उनले शशक्त प्रतिपक्षको हैसियतले अबको पाँच बर्षमा दाङको बिकास र समृद्धिका लागि महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताए । आफुले पाँच बर्षमा ईमान्दारी पुर्बक बिकास निर्माणका कार्य अघि बढाएकाले नै अहिले मतदाताले आफुलाई बिजेता बनाएको बताए ।

रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा चौधरीले चुनाबबाट मात्रै मुलुकको नयाँ संबिधान कार्यान्वयन गर्न सकिने भन्दै उनले देशभर आफुले हार ब्यहोरेर भएपनि चुनाब सफलता पुर्बक सम्पन्न गराएको उनको भनाई थियो । संबिधान कार्यान्वयन भएमात्रै देश समृद्धिको बाटोमा जाने उनले बताए । निर्बाचन सम्पन्न भएसंगै देश संबिधान कार्यान्वयनको बाटोमा गएको भन्दै काग्रेसले दाङमा ८ सिट हार्देमा कुनै पछुतो नभएको उनको भनाई छ ।

साथै उनले चुनाबको मौन अबधिको समयमा हुने चलखेल अन्त्य नहुँदा सम्म ईमान्दार र सच्चा ब्यक्तिले स्थान नपाउने बताए । चुनाबको समयमा हुने यस्ता गतिबिधि अन्त्य हुनुपर्ने उनको भनाई छ ।

क्लबका सल्लाहकार नारायणी रजौरेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा उनले यहाँका आधारभुत समस्यालाई प्राथामिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण सचिब बिमल गौतमले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्