हरिश बम,कैलाली /०९ साउन ।
कैलालीको लम्कीमा एक युवक माथि दिनदहाडै खुकुरी प्रहार भएको छ ।
लम्कीचौराहा नजिकै रहेको लम्की सार्बजनिक सौचालय अगाडिको एक सैलुनमा कपाल काटेर बाहिर निस्कने वितिकै एक समूहले वडा नम्बर १ का २८ बर्षिय रमेश बहादुर शाही माथि खुकुरी प्रहार गरेको हो ।
खुकुरी प्रहार बाट शाहीको दुबै काधको दायाँबायाँ गम्भीर घाउँ लागेको छ ।
करीब ७ र ८ जनाको समूहमा आएका आक्रमणकारीहरुले एक्सी आक्रमण गरेको प्रत्यक्षदर्शिले जनाएका छन । शाही माथि ३ र ४ जना खुकुरी समाएका ब्यक्तिहरुले आक्रमण गरेका थिए ।
बचाउ, बचाउ भन्दै भागदै गर्दा पछाडि लखेटदै उनीहरुले खुकुरी प्रहार गरेका प्रतयक्षदर्शिले जनाएका छन ।
घाईते शाही आक्रमणकारीको हुलबाट भाग्दै चौराहा नजिक रहेको प्रहरी बिटतर्फ भोगेपछि बाच्न सफल भएका थिए ।
घटना भएको करीब १० मिनेट पछि मात्र प्रहरी घटनास्थल पुगेको थियो अहिले घाईते शाहीको लालरत्न अस्पतालमा उपचार भई रहेको छ ।
आक्रमण गर्ने समूहको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।