दाङ्ग /१० साउन ।
दाङ्गको राजपुर गापा वडा नं 5 को विकट गाउ महतेनिया खोलामा विद्दत्त विस्तार कार्य तिव्र रुपमा नेपाल विधुत प्राधिकरण डिभिजन कार्यलय लमही दाङ्गले पास गरेको छ। सो कार्य को जिम्मा रोल्पा निर्माण सेवा प्रा. लि. ले पाएको छ।
यसभन्दा अगाडी चड़्गुवा चौक देखी पथरैया गाउ, नयाबस्ती खेलमैदान हतिहवा थारु गाउ, सिमलखुटी दलित तथा मगर गाउ हुदै महातिनिया खोलाको माझ गाउसम्म करिब 6 किमि सम्म विगत लामो समय देखि थोरै-थोरै बजेट हालेर पोल र तार विस्तार कार्य माँझ गाउ सम्म गरिएको थियो।
यसै आर्थिक वर्ष अंसार देखि लमही डिभिजन कार्यालेले पुर्णरुपमा विधुत विस्तार कार्य अगाडी बढाएको छ । सो कार्य का लागि 8 मिटर उचाई भएका स्टिल ट्युबलर पोल 75 थान र नौ मिटर उचाई भएका स्टिल टयुबलर पोल 5 थान गरी जम्मा 80 पोल उक्त गाउमा पुर्याएको छ ।
साथै 50 केभिएको ट्रान्सफर्मर र तार तथा फिटिड़्गका समान पनि छिटै खसालिने निर्माण व्यावसाय हुर्मत गिरीले जानकारी गराएका छन। वर्षात कम हुने वित्तिक्कै माझ गाउ देखि पुर्वा गाउ झुप्पाखाडा टोल तर्फ, रौत डाडा पुर्वा उत्तर टोल तरफ र माझ गाउ देखि पश्चिम तरफ रहे को जनज्योति प्रावि सम्म बिस्तार गरिनेछ।
यसबाट पण्डितबासी टोल स्याले टोल, चमारे टोल र सोमाईथान टोलका करिब 82 घरधुरी रहेको अधिकांश मगर, जनजाति थारु जनजाति दलित तथा गिरी एवं भण्डारी र खत्री समुदायका स्थानिय बासिन्दा लाभान्वित हुने भएका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।