प्रादेशिक राजधानीको तयारीमा दाङ , बेलझुण्डीमा प्रदेश मुख्यालय ःप्रजिअ



गिरिराज नेपाली
दाङ, २७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन संगै यतिबेला चारैतिर प्रादेशिक राजधानीको कहाँ ? भन्ने विषय चर्चामा छ । उक्त चर्चा संगै प्रदेश नं. ५ को सम्भावित राजधानी दाङले आफ्नो आन्तरिक गृहकार्यको तयारी तिव्रगतीमा अघि बढाएको छ । सरकारले अस्थाई मुकाम तोक्ने तयारी गरे संगै स्थानिय प्रशासन दाङले अस्थाई मुकामको मुख्यालय नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको आर्युवेद क्याम्पसमा तत्कालका लागि राख्ने गृहकार्य प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।

तत्काललै केही सरकारले यदि राजधानी तोकेमा आर्युवेद क्याम्पस बेलझुण्डी संरचनागत रुपमा उपयुक्त रहेकाले तत्कालका लागि त्यही प्रादेशिक मुख्यालय राख्ने स्थानिय प्रशासन तयारी गरिरहेको उहाँले बताउनुभयो । सरकारले प्रदेश नं. ५ को प्रादेशिक राजधानीको अस्थाई मुकाम दाङमा तोक्ने तयारीका केही संकेतहरु बाहिर आए संगै स्थानिय प्रशासनले प्रान्तिय मुख्यालयको कार्यालय राख्ने तयारीहरु पनि सुरु गरिरहेको उहाँले बताउनुभयो ।

उपयुृक्त संरचना, भौगोलिक सुगमता, पर्यावरण र भुगोल आदीको सभव्यता अध्ययन गर्दै जादाँ स्थानिय प्रशासनले नेपाल संस्कृत विश्वविद्यालय आर्युवेद क्याम्पसलाई छनौट गरी तयारीमा सुरु गरेको बताउनुभयो । निर्माणाधिन अवस्थामा रहेको आर्युवेद क्याम्पस निर्माण सम्पन्न करिव अन्तिम– अन्मित चरणमा रहेकाले तत्कालका लागि प्रयोग नगर्न पनि विश्वविद्यालय सहमति भईसकेको उहाँले भनाई छ । यदि केही भ्याट राजधानी तोकिहालेमा कहाँ मुख्यालय राख्ने हो भन्ने दुबिदा हामी अब छैन । हामीले उपयुक्त संरचनाको व्यवस्था गरिसकेका छौ । ‘भवनको अभाव हुने छैन ’ उहाँले भन्नुभयो ।

दाङ राजधानीको चर्चा संगै हामीले जिल्लाको लमही, घोराही र तुलसीपुर क्षेत्रमा उपयुक्त संरचनाको खोजी ग¥यौ । तर पर्याप्त जग्गा सहितको नयाँ भवन कतै नभेटिए पछि हामीले नेपाल संस्कृत विश्वविद्यालयको नवनिर्मित आर्युवेद क्याम्पस भवन तत्कालका लागि प्रदेश मुख्यालय राख्ने विश्वविद्यालय र प्रशासन विचको सहमति गरेका छौ । कसैगरी राजधानी तोकीहालेमा बेलझुण्डी वाट प्रदेश नं. ५ को प्रशासनिक कार्य सञ्चालनमा गर्न सकिने व्यवस्था गरेका छौ । उहाँले भन्नुभयो – ‘उच्च अदालत, प्रदेश प्रहरी कार्यालय दाङमै राखेकाले पनि हामीले यो तयारी गरेका हौ । ’ भौतिक संरचनाको अभाव नहोस भने सोचेर पहिले हामीले यो सावधानी अपनाउदै तयारी गरेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विश्विद्यालय संगै प्रशस्तै जग्गा रहेकाले अन्य संरचना निर्माणमा पनि पर्याप्त जग्गाको उपलब्ध हुन सक्ने उहाँको भनाई छ । तर जिल्लाको देउखुरी , घोराही र तुलसीपुर क्षेत्रमा पनि केही संरचनाहरु जग्गाको उपलब्धता हेरेर प्रदेश प्रमुखले पछि निर्माण गर्न सक्ने छ ।
करिव तीस करोडको लागतमा निर्माण भईरहेको उक्त भवनमा एक सय ८ वटा कोठा रहेका छन । जिल्लागत रुपमा प्रादेशिक प्राविधिक सेवा फाँट निर्माण गर्न पनि निकै सजिलो हुने सक्ने उहाँको दावी छ । टुण्डामुण्डा निर्माण कम्पनीले २०७० साल देखी उक्त भवनको निर्माण थालनी गरी अब हस्तान्तरण गर्ने तयारीमा छ । करिव ५ विगाह क्षेत्रमा उक्त भवन निर्माणा गरिएको छ । करिव २५ विगाह क्षेत्रमा उक्त भवनको जग्गा फैलिएको छ ।

 

अध्ययनका लागि वैकल्पीक स्थान खौज्छो ः नेसंवि
आर्यवेद शास्त्र अध्ययन अध्यापनका लागि निर्माण गरिएको उक्त भवन प्रादेशिक मुख्यालय राख्ने तयारी गरे संगै नेपाल संस्कृत विश्वविद्यालय अध्ययन अध्यापनका लागि वैकल्पीक स्थान खोज्ने भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश प्रसाद ढकालले प्रादेशिक मुख्यालय राख्ने तयारी गरे संगै अध्ययन अध्यापनलाई स्थानान्तरण गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ प्रादेशिक मुख्यालय राखे पनि हामीले सुविधा सम्पन्न भवनको खोजी गरी विद्यार्थीको पढाई लाई नियमति गर्ने छौ । ’ अध्ययन अध्यापनमा कुनै अवरोध हुने छैन ।

शिक्षाध्यक्ष ढकालले निर्माणको काम सवै सकिसकेको छ । रगंरोगनको काम मात्रै केही वाँकी छ । त्यो पनि केही दिनमै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । हामी प्रादेशिक मुख्यालयको कार्यालय राख्नमा सहमत छौ ।

भोली नै दाङ लाई मुकाम तोक्ने सरकारको तयारी
भोली विहिवार नेपाल सरकारले प्रदेश नंं. ५ को प्रादेशिक राजधानीका लागि दाङ लाई तोक्ने तयारी गरेको छ । विहिवार बस्ने सातवटै प्रदेशसभाको पहिलो वैठक सम्वन्धीत प्रदेशका मुकाममा नै बस्ने गरी सरकारले प्रादेशिक राजधानीको मुकाम तोक्ने गरी गृहकार्य गरेको छ ।

स्रोतका अनुुसार पूर्वप्रशासक, पूर्वपकुलपति, निर्वाचन आयोगका पूर्व प्रमुख मध्येवाट प्रदेशमुख्यालय कार्यालय प्रदेश प्रमुख तोक्ने तयारी सरकारको रहेको छ । सातवटै प्रदेशको मुकामका लागि चर्चामा रहेको सातवटै क्षेत्रको प्रारम्भीक मस्यौदा सहितको योजना सार्वजानकि गरेको छ । जसमा प्रदेश नं. १ को विराटनगर, २ को जनकपुर , ३ को ललितपुर , ४ को पोखरा , ५ को दाङ , ६ को सुर्खेत र ७ को धनगढी वा दिपायल मध्ये एक स्थान लाई प्रदेशसभाको पहिलो वैठक बस्ने गरी मुकाम तोक्ने तयारी सरकारको छ ।

यसअघि तत्कालिन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको संयोजकत्वमा रहेको अधिकार सम्पन्न प्रशासनिक संरचना निर्धारण समितिले प्रदेश नं. ५ को राजधानी दाङ लाई बनाउने प्रस्ताव सहितको लिखित प्रतिवदेन प्रधानमन्त्रीकोे कार्यालयमा पेश गरिएको छ । उक्त प्रस्ताव लाई सरकारले निर्वाचन प्रभावित हुने भएको भन्दै तत्कालका लागि सम्वन्धीत क्षेत्रका मुकाम तोक्न रोकेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्