सम्भावना र चुनाैतिकाे धार बन्दै कम्युनिस्ट पाटी नेता तुफान



उत्तम कुमार थाप,बझाङ / १० साउन।
अहिले देश परिवर्तनको सज्ञ्यामा रहेकाे छ । सामाजिक मुल्य र मान्यता बाेकेकाे हाम्रो पाटी कम्युनिस्टको झन्डै दुई तिहाइ रहेको सरकार सञ्चालनमा देखिन्छ । जसमा अन्धाे परिकल्पना नगर्नेहाे भने ,दुई ठुला समुद्र एक स्थानमा उभिएको तपाई हामीलाई थाहै भएको कुरा हाे ।

कम्युनिस्टको झण्डै दुई तिहाइकाे सरकार सञ्चालन भएको अहिले ३ बर्ष पूरा भएको छ । सरकारले थुप्रै राम्रो बिकास मुखि काम गर्दै आएकाे छ ,भने कतिपय स्थानमा भ्रष्टाचारले सिमा नाघेको पनि देखिन्छ । दिल बहादुर थापा तुफान भन्छन,मैले बच्चा उम्मेरमा राजसँस्थाकाे अनत्य गर्न कलम समातेर झाेला हाल्दै,आमा बुवालाई काममा सघाउने उम्मेदवारमा बन्दुकको नाल बाेक्दै देशलाई परिवर्तन गर्ने दिशा तिर गएको हुँ ।

बझाङ जिल्लाकाे हाल दुर्गाथली गाउँपालीका घर भएका थापाले कम्युनिस्ट आन्दाेलन अर्थात पुर्व माअाेवादीकाे जनवाद,माेर्चावन्दीमा रहेर आफ्नाे ज्यानकाे प्रवाह नगरि लामो दस बर्षे जनयुद्ध जीवन विताए । उनी साहिसेनाका कमाण्ड पनि रहेका थिए । त्याे समय जनयुद्धकाे थियाे । थापा भन्छन गडगड बन्दुक पड्केको सुनिन्थ्याे ,अझै ज्यानकाे बाजि थाप्दै परिवर्तनकाे मुल आशय बाेकेर हिड्नु पर्ने बाध्यता थियाे । राज्य पक्षमा रहेका सेना नेपाल प्रहरीहरु कतिवेला कहाँ जम्का भेट हुनेहाे थाहै हुदैन थियाे । घर सम्झेर आसु आउन्थ्याे याद देश परिवर्तन गर्दै राज सस्थाकाे अनत्य गर्ने थियाे सम्भवपनि भयाे सहयाेगी सबे सबै याेग्दाहरुलाई सलाम छ ।

जब बन्दुकको नाल नै जिन्दगी लाग्थ्यो,अामा बुवा पराई जस्तै भएको महसुस हुन्थ्यो,,देशलाई परिवर्तन गर्दै जनवाद ल्याउन अगाडि सरियाे र केही समयकाे दुस्पनकाे गाेली लाग्दा आफ्नाे खुट्टा नै गुमाउनु परेकाे थियाे । अहिले नेपालमा दुई ठुला समुद्र एक ठाउमा उभिएर अगाडि बढ्दै छन । जसकाे नेतृत्व केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्दै आईरहनुभएकाे छ ।

हाम्रो देश नेपालमा ठुलाे महासागर जस्तै बनेकाे समुद्र साेच्न नसकिने कम्युनिस्ट सरकार र नेपाल कम्युनिस्ट पाटी नेकपा रहेकाे छ । पुर्व एमाले र पर्व माओवादी एक ढिक्कामा आएकाे देख्दा सिङ्गो मुलुक हर्षित भएको पाईन्छ । आसा गरिरहेका देश बासि पछिल्लो समय निरासमय बन्दै छन । केन्द्रमा एक आपसमा कलह हुँदै आएकाे छ । स्थानीय सरकारले भ्रष्टाचार माैलाउदै गएकाे पाईन्छ । जनतामा भ्रम छ ।

यतिबेला पाटी एक ढिक्का भएर अगाडि बढ्न जरुरी देखिन्छ ,समय सँगसँगै प्रतिपक्ष रहेका काङ्ग्रेसको भुमिका सुन्यमा देखिन्छ ,प्रतिपक्ष कम्युनिस्ट नै देखिन्छ । यदि कम्युनिस्ट पाटी सँगसँगै कम्युनिस्ट सरकार सच्चिएर अगाडि बढ्दैन भने दुर्घटना हुने ठुलाे सम्भावना देखिन्छ । दुवै पाईलट एक स्थानमा बस्न जरुरी रहेकाे देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्