यी हुन समानुपातिक तर्फ ४३ लाख मत गणना गर्दा ,थ्रेसहोल्ड कटाएका पार्टी हरु ,कसको मत कति ?



सैैघाली खबर,काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ४२ प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ४३ लाख २९ हजार १ सय १२ मत गणना भइसकेको छ ।

समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । एमाले कांग्रेसभन्दा ९४ हजार मतले अघि छ । पहिला चौथो स्थानमा रहेको विवेकशिल साझा सातौं स्थानमा धकेलिएको छ । हालसम्म चार वटा पार्टीले मात्र ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सफल भएका छन् । एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्र गणनाको ३ प्रतिशत मत ल्याएका छन् ।

कसको कति मत रु

एमाले– १५ लाख ५८ हजार ४ सय १८
कांग्रेस– १४ लाख ६४ हजार ३ सय २४
माओवादी केन्द्र– ६ लाख १८ हजार १ सय ७१
संघीय फोरम–१ लाख ५३ हजार १ सय २९
राजपा– ९७ हजार ९ सय
राप्रपा– ९६ हजार ४ सय ७६
विवेकशिल– ९४ हजार ३ सय ५६
नयाँ शक्ति– ४८ हजार १ सय ५८
राप्रपा९प्रजातान्त्रिक०– ३२ हजार ५ सय ६७
राष्ट्रिय जनमोर्चा–३१ हजार २ सय ३८

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्