हरिश बम,कैलाली /११ साउन।
कैलालीको घोडाघोडी नगर सरकारले करिव तीन लाख सेनेटरी प्याड बितरण गरेको छ ।
महिनावारीका कारण विद्यालयमा अध्यनरत छात्राहरुले बिभिन्न मानसिक तथा शारिरीक समस्या भोग्नुका साथै अध्ययनमा समेत असहज हुने देखिएकाले सेनेटरी प्याड बितरण गरिएको नगर उप–प्रमुख प्रेम कुमारी थापाले जानकारी दिईन ।
विद्यालयमै सेनेटरी प्याड उपलब्ध हुदा छात्राहरुलाई मानसिक तनाब नहुने तथा पढाईमा समेत निरन्तरता हुने उप–प्रमुख थापाको भनाई छ ।
नगर सरकारले नगर भित्रका सामुदायिक विद्यालयमा २ लाख ८९ हजार ९ सय ९६ थान सेनेटरी प्याड बितरण गरेको र १० हजार थान मौजाद रहेको शिक्षा शाखा प्रमुख उमेश राज रेग्मीले जानकारी दिए ।
नगर भित्रका सामुदायिक विद्यालयमा अध्यन गरिरहेका करिव ६ हजार ४१ छात्रालाई पुग्ने गरी पहिलो चरणमा तीन महिनाका लागि सेनेटरी प्याड बितरण गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।