हरिश बम,कैलाली /११ साउन।
झापामा व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ परेका छन । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट पक्राउ गरिएको हो ।
उनले नजिकै रहेको आफन्तको घरबाट दाउ ल्याएर मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा सञ्चालन गर्ने व्यवसायी नारायण आचार्यको हत्या गरेको प्रहरी दाबी छ।
आइतबार जिल्ला अदालत, झापाबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।
हालसम्म झापा प्रहरीले हत्याको कारणबारे पनि खुलाएको छैन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।