उपप्रधानमन्त्री गाेपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित



सैघाली खबर,
काठमाडौं २७ मंसिर, । सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित भएका छन् । श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् ।

बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार, निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी छन् । श्रेष्ठ ३१ हजार ४ सय ३६ मतमा रोकिएर पराजित भए ।

योसँगै स्याङजाको सबै स्थानको नतिजा बाहिरिएको छ । प्रतिनिधिसभाको दुवै क्षेत्रमा एमालेको पल्लाभारी भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्