कैलाली / १२ साउन ।
कैलालीको बौनियामा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ ।
जिल्लाको बर्दगोरिया गाउपालिकाको बौनियामा आज बिहान ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध परिएको हो।
बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो ।
स्थानीयको अवरोधपछि गन्तव्यका लागि हिडेका सवारीसाधन बौनियामै रोकिएका छन।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।