ओमप्रकाश गुप्ता , सिसहनियाँ १२ साउन । दाङको देउखुरीमा अाइतवार सर्पले डस्दा एक बालकको ज्यान गएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुर निवासी नारायण चाैधरीका छोरा वर्ष ७ का राजन चाैधरीलाई सर्पले डस्दा मृत्यु भएको राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरीले जानकारी दिएका छन् ।
अाइतवार दिउँसो करिव १२/१ बजेको समयमा साथीहरू सँग कुलामा माछा मार्न गएका बेला ती बालकलाई विसालु सर्पले डसेको थियो । बालक विहोस हुन थालेपछि तत्काल स्थानीय मेडिकल हुँदै लमही अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि संर्प दंश उपचार केन्द्र गोरूसिंह लगिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि बालकलाई नेपालगन्ज लैजाँदै गर्दा बेलुका करिव ४ बजे बाटोमा नै निधन भएको भेरी अञ्चल अस्पताल नेपालगन्जका डा. पारस पाण्डेले जानकारी दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।