उखु किसान भुक्तानी पाउन प्रशासन धाउदै, किसानको पीडा सुन्दैन मिल मालिक



रबिन्द्र यादव ,नवलपरासी / १२ साउन ।
नवलपरासी जिल्लाको ३ वटै चिनी मिलबाट नयाँ र पुरानो गरी किसानहरुले ३० करोड रुपैया भुक्तानी पाउनु पर्ने छ , तर मिल संचालकहरुले भने किसानलाई झुक्याउदै आलटाल गर्दै आएका छन् ।

भुक्तानीका लागि दबाब दिन किसानहरुले चिनी मिलहरुमा लगाउने ताला खुलाउन, संचालकहरु नक्कली आँशु झार्दै प्रशासनलाई गुहार्ने र किसानलाई ईमोशनल ब्लेकमेल गर्दै मिलको ताला खुलाउन वित्तिकै मोबाईल स्वीचअफ गरी लुकेर बस्ने गरेको किसानहरुले बताएका छन् ।

जिल्लाका किसानहरु विगत ३ बर्षदेखि उखुको भुक्तानी नपाएको बताएका छन् । कोभिड (१९ कोरोना महामारी र खेतीपातीको समयमा पनि भुक्तानी नपाएर किसानहरुलाई खेतीपाती गर्न र घर व्यवहार मिलाउन ऋण तथा सापटी खोज्दै हिडिरहेका छन् । बर्षेनी मिलहरुले किसानको उखु उधारोमा खरिद गरी चिनी विक्री गर्ने तर किसानको भुक्तानी दिनेबेला रुने र आलटाल गर्ने गरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

घर व्यवहार मिलाउन समस्या भैरहेको किसानहरु फेरि पनि भुक्तानी पाउने आशमा हारगुहार गर्दै जिल्ला प्रशासन कार्यालय ज्ञापनपत्र बुझाउन पुगेका छन् । लुम्बिनी चिनीमिलबाट १० करोड, ईन्दिरा सुगर मिलबाट ८ करोड पुरानै भुक्तान पाउनु पर्नेछ भने बागमति चिनीमिलबाट यसबर्षको करिब १२ करोड भुक्तान पाउनु पर्ने भन्दै प्रशासनलाई गुहारेका छन् । किसानहरु भन्छन् प्रशासन कार्यालयले संचालकलाई झिकाई तत्काल भुक्तानी गराउन पर्यो, नभए मिल संचालक विरुद्ध ठगी मुद्धा चलाउनु पर्यो ।

उखुको भुक्तानी पाउन किसान र समितिले जिल्ला प्रशासन कार्यालयको रोहबरमा धेरै पटक किसान र मिल संचालक बिच सम्झौता भएपनि संचालकहरु सम्झौता लत्याउदै भुक्तानी दिन आलटाल गर्दै आएको समितिका अध्यक्ष यादवले बताए । मिलहरु किसानलाई ठग्ने आफ्नो पेशा बनाईसकेको उनको आरोप छ ।

राष्ट्रिय र नगदेबालीको अवस्था यस्तो छ, विगत ५ बर्षदेखि समयमै भुक्तानी नपाएकै कारणले किसानहरु उखु खेती छोडदै गएका छन् । हाल जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ भने कुल १४ लाख क्विन्टल उखु उत्पादन भएको थियोे । यस बर्ष उखुको समर्थन मुल्य ५३६ रुपैया प्रति क्वीन्टल रहेको छ । जिल्लामा रहेको ३ वटा मिलमधये यस बाग्मति चिनी मिल मात्र संचालनमा आएको थियोे । ईन्दिरा र लुम्बिनी चिनीमिल यसबर्ष संचालकले चलाएनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्