भदौदेखि गर्ने भनिएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित



काठमाडौं / १२ साउन ।
सरकारले लकडाउन खुला गरेर विश्वविद्यालयहरुका परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि कार्यतालिका प्रकाशित गरेर पूर्वाञ्चल विश्वविद्यालयले भदौदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेकोमा अब सो परीक्षा नहुने भएको छ ।

केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था असामान्य रहँदासम्मका लागि परीक्षा स्थगित गरेको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए।

सोमबार एक विज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले परीक्षा स्थगित भएको जानकारी दिएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्