राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना पुष्टि



काठमाडौं / १२ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबेर्ट ओब्रायनलाई कोरोना संक्रमण भएको छ । उनी कोरोना संक्रमित हुने ह्वाइट हाउसका अहिलेसम्मका उच्च स्तरका व्यक्ति हुन् ।

ह्वाइट हाउसले ओब्रायन संक्रमित भएको जानकारी दिदै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्स भने सुरक्षित रहेको बताएको छ ।

‘रोबर्ट ओब्रायनलाई कोरोनाको हल्का लक्षण देखिएको छ । उनी आइसोलेसनमा गएका छन् र त्यहिबाट काम गरिरहेका छन् । राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स कोरोनाको खतराबाट बाहिर रहेका छन् । ओब्रायन संक्रमित भएपनि राष्ट्रिय सुरक्षा काउन्सिलको काममा कुनै रोकावट आउने छैन’-ह्वाइट हाउसले जारी गरेको बयानमा भनिएको छ।

साथै ह्वाइट हाउसले कमर्चारीको नियमित कोरोना परिक्षण भइरहेको समेत जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्