मृतक छोराको फोटामा पुजा गर्दै आँशुले मनाइन आमाले नबराजको जन्म दिन



            सरु सुनार , थाहा अनलाइन काठमाडौ

जाजरकोट , रानागाउका १८ बर्षका नबराज बिक , रुकुम चौरजहारीकी सुस्मा मल्लको प्रेम र बिवाहाको कारण २०७७, जेष्ठ ,१० गते नबराजले ज्यान गुमाउनु परेको थियोे । उनको हत्या हुनुको एउटा मात्र कारण थियोे” जात ” नबराज कथित सानो जातमा गनिन्थे त सुस्मा मल्ल उच्च भनिने जातमा सुस्माको आमा बुवालाइ नबराजसगको प्रेम र बिवाहा जात नमिले कै कारण स्विकार्य थिएन ।

त्यसैले नबराजलाई सुस्माले आफुलाइ भगाएर लैजान रुकुम बोलाए पछि नबराजले आफ्ना १९ जना साथीहरु लिएर सुस्मालाइ लिन गएका थिए तर नबराज आउने कुरा पहिले नै थाहा भएर उनलाई हत्या गर्ने योजना भैसकेको थियोे ।
३ गाउँका करिब ३०० जनाको जमातले नबराज बिक , गणेश बुढा , सन्जु बिक , गोबिन्द शाही , लोकेन्द्र सुनार , टिकाराम सुनारलाइ निर्मम हत्या गरि भेरी नदिमा फालेका थिए । बाकी १२ जना घाइते भने बाच्न सफल भएका थिए । आज घटना घटेको ६२ औं दिन बितेछ । नबराजको हत्या भएको पनि आज ६२ औं दिन यहि दिनमा नबराजको जन्म दिन परेको छ । २०५८/ ४/१२ गते जन्मेका नबराज आजबाट १८ बर्ष पूरा गरि १९ मा लागेका छन् । तर आज उनी यो सन्सारमा छैनन् , बुवा आमाको एक्लो छोरा अन्तरजातीय प्रेमको कारण उनले आफ्नो ज्यान गुमाउनु परेको छ । बुढेसकालको एक्लो सहारा छोराको बीभत्स हत्याको मृतक शरीर आमा बुवाले देख्न नसकेर धेरै पटक बिहोस भए , मुर्छित मन र पीडा बोकेर छोराको हत्यारालाई कारवाहीको लागि आन्दोलन गर्नु पर्ने बाद्यता बनेको छ ।
आफ्नो छोराको हत्यारालाई कारवाहीको माग गर्दा नबराजको आमाले प्रहरीको लाठि खाएकी छिन । उनी मात्र होईन गणेश बुढाका बुवालाइ प्रहरीको कुटाइबाट टाउको टाका नै लगाउनु पर्यो …..!
एउटा आमा जसले ९ महिना आफ्नो गर्भमा राखी जिबन र मृत्युसग लडेर सन्तान जन्माउछिन , ठूलो भएको छोरा आफ्नै काखबाट अलि पर पुग्दा हत्या हुन्छ ।
कति पीडा हुन्छ होला एउटा आमाको लागि , अनि यी दिदि जसको लागि अब दिपावली कहिले आउदैन , सप्तरंगी टीका र मखमली माला फेरि कहिले उनिने छैन भएको एउटा भाइ गुमाउदा घरी घरी मुर्छा परिरहेकी छिन दिदी सरिता ….!
आज नबराज १८ बर्ष पूरा भएर १९ मा लागे छोरा साथमा नभए पनि छोराका साथीहरु बोलाएर , आफन्त बोलाएर नबराजको जन्म दिन फोटामा टीका र माला लगाउदिएर आमा , बुवा, दिदिबहिनीले आँसु सगै जन्म दिनको स्मरण गरेका छन् ।
नबराजको आमाले छोराको फोटोमा टीका लगाइदिदै आजको दिनलाई स्मरण गरेकी छिन ” मेरो छोरा एकदम लक्षिनको र शान्त थियोे , सानो छदा पनि कहिले दुख दिएन , खेलकुदमा एकदम सिपालु थियोे धेरै संमान पत्र जितेको थियोे , देशको सेवा गरेर हामीलाई पाल्छु भन्थ्यो , तर पापीहरुले मारे ” आखाबाट आँसु बगाउदै छोराको हत्याराहरुलाइ जन्म कैद सजाय नहुदा सम्म छोराको आत्मले शान्ती पाउदैन भनी आफुलाई राज्यले दिएको पुरस्कार र संमान होईन न्याय चाहिएको हो भन्दै न्यायको लागि माग गरेकी छिन …../

जन्म दिनको सुभकामना नबराज , तिमी कहिले मरेका छैनौ सधैं अमर , चोखो माया गर्ने प्रेमीलहरुको मुटुमा छौं ।
यो समाज परिबर्तनको लडाइँमा तिमी वीर यौद्दा सधैं हुने छौं

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्