बागलुङमा पहिरो जाँदा ३ बालबालिकाको मृत्यु



हरिश बम, बागलुङ / १३ साउन
लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।

त्यस्तै सोमबार राति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्