जसिन्द्र श्रीपाली,१३ साउन ।
सोमबार राती देखी अविरल रूपमा वर्षा भए संगै देशका विभिन्न ठाउँमा बाढी आउने पहिरो जाने लगायतका अप्रिय घटना दिनप्रतिदिन हुँदै आएका छन ।
यसैबीच सोमबार राति परेको पानीले तमानखोला गाउँपालिका वडा नं. २ खोलेसबाङ भेम्रीमा करिब ३ सय मिटर माथी बाट आएको पहिरोले एक घर बगाएको छ भने एक घरको दायाँ पट्टीको भाग बगाएको छ। पहिरोमा परी पान बहादुर रसाइलीको १२ वर्षिय छोरी रिता सराइली र १३ वर्षिय छोरा खिमबहादुर रसाइलीको मृत्यु भएको छ ।
पहिरोले पुरिएर घाइतेभएकी आमा होम कुमारी रसाइलीलाई राति नै स्थानीयले जिवित उद्वार गरेका थिए ।३४ बर्सिए होम कुमारीको दायाँ घुडामा चोट लागेको छ मृतक दुई बालबालिका लाई स्थानीय र इलाका प्रहरी कार्यालय बोङादोभानको टोलिको सहयोगमा निकालीएको छ। घाइते होम कुमारी रसाइली लाई सुरक्षित बासको निमित्त परिवारको अन्य दाजुभाइले जिम्मा लिएको श्रोतको भनाइ छ।
मोटर बाटो भासिएर पहिरो गएकोले थप समस्या आउन सक्ने इलाका प्रहरी कार्यालय बोङादोभानका प्रहरी प्रमुख पदम नेपालीले जानकारी दिनु भयो । साथै उक्त परिवारलाई तत्कालको निमित्त वडा बाट खाद्यान्न ब्यबस्था गरिएको र थप के गर्ने भन्ने बारे गाउपालीकाले छलफल गर्ने गा.पा. अध्यक्ष जोकलाल बुढाले जानकारी दिनु भयो । मृतकका बुबा पान बहादुर रसाइली बैदेसिक रोजगारीका लागि साउदीमा रहेको स्थानीयको भनाइ छ। ।
घटना स्थलमा अहिले तमानखोला गाउँपालिकाका प्रशासकीय अधिकृत प्रभात लामिछाने, वडा अध्यक्ष लगायतको सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली पुगिसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।