राष्ट्रपति डोनल्ड ट्रम्पको जेठो छोरोमाथि ट्वीटरको प्रतिबन्ध



काठमाडौं / १४ साउन ।
ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठो छोरामाथि १२ घण्टे प्रतिबन्ध लगाएको छ ।

ट्रम्पका जेठो छोरा डोनल्ड ट्रम्प जुनियरले हाइड्रोक्सिक्लोरोक्विनको फाइदाबारे जानकारी दिँदै ट्वीटरमा एउटा भिडियो पोस्ट गरेका थिए ।

यसै कारण उनलाई ट्वीटरले १२ घण्टासम्म कुनै ट्वीट गर्न अनुमती दिएन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित केही व्यक्तिले मलेरियाको यो औषधीलाई कोरोनाभाइरसमा फाइदाजनक बताएका छन् । यद्यपि, अनुसन्धानमा भने यसबारे कुनै पुष्टि भएको छैन ।

ट्वीटरका अनुसार ट्रम्प जुनियरको भिडियो कोभिड–१९ बारे गलत सूचना सम्प्रेषण गर्छ । यो ट्वीटरको नियमको उल्लंघन हो ।

यद्यपि, प्रतिबन्धकै बीच पनि ट्रम्प जुनियरले आफ्नो अकाउन्टलाई ब्राउज गर्न सक्नेछन् र प्रत्यक्ष मेसेज पठाउन सक्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।