पर्वतमा नेकपा प्रति असन्तुष्ट जनाउदै पार्टी परित्याग गरि युवाहरू नेपाली काँग्रेसमा प्रवेश



अमृत भट्टराई, पर्वत / १४ साउन ।
पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी लाई परित्याग गरि नेकपा का युवा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस बर्राचौरले मंगलबार आयोजना गरेको वडा समन्वय समितिको बैठक मा नेकपा ले पछिल्लो समय काम भन्दा गफ धेरै गरेर जनतालाई फसाउदै आएको र बर्राचौरमा पनि तेहि प्रविधि नेकपा ले अघालेको र दुखी गरिबी जनताको आबाज पनि नसुनि गरेको भन्दै नेपाली काँग्रेस मा प्रवेश गरेको युवाले बताएका छन् ।

बिहादी गाउँपालिका २ बर्राचौर वडा समन्वय समितिका सभापति बि. हरि पराजुलीको सभापतित्वमा बसेको बैठकले नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका बिशाल पुरी लाई पार्टी प्रवेश गराएको हो । नेपाली काँग्रेस बर्राचौर वडा समन्वय सभापति बि. हरि पराजुली, पर्बत जिल्ला समिति सदस्य श्री गोविन्द प्रसाद पराजुली, ने बि संघ बिहादी अध्यक्ष श्री हिमलाल गिरि (पारस) सहित स्थानीय नेता हरुले अबिर खादा लगाएर प्रवेश संगै स्वागत तथा शुभकामना दिएका थिए ।

केही दिनएता पर्वतको बिहादी गाउँपालिका वडा नम्बर दुई बर्राचौरमा सरकार पक्ष र विपक्ष बीच पार्टी प्रवेश गराउने प्रतिस्पर्धा जस्तो बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्