साउन, १४ देउखरी
राप्ती गाउँ पालिकाले राप्ती नदीको जलीय जैविक विविधता संरक्षण गरि मछुवारा समुदायको दिगो आर्थिक बिकासका गर्न आब २०७६-७७ बिबिध कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले वडा स्तरमा ४ वटा जलीय जैविक विवधता संरक्षण समुहहरु गठन गरेर जलीय जैविक विवधता संरक्षणका कार्यहरु संचालन गर्दै आएको छ ।
आब २०७६-७७ मा स्थानीय स्तरमा जनचेतना फैलाउन जलीय जैविक विवधता संरक्षण सम्बन्धि सुचना र कानुनि ब्यबस्था उल्लेखित ६ स्थानमा होर्डिंग बोर्ड गाडेको छ भने राप्ती गाउँ पालिका स्तरीय जलीय जैविक विवधता संरक्षण समुह सम्पर्क कार्यालय संचालन र ब्यबस्थापन गर्न टेबल, कुर्शी, र्याक, दराज , जलीय जैविक विवधता रेकड फाइल, केमिकल लगायत सामग्री सहयोग गरेको पालिकाका प्रबक्ता बिद्या शरण चौधरीले जानकारी दिनु भयो । आब २०६७-७७ मा जनचेतना र कार्यालय ब्यबस्थापन गर्न दुई लाख बजेट खर्च गरिएको चौधरीले जनाएका छन ।
समुह सदस्यको दिगो आर्थिक बिकास गर्न कृषिमा जोड
राप्ती गाउँ पालिकाले राप्ती नदीको जलीय जैविक विविधता संरक्षण गरि मछुवारा समुदायको दिगो आर्थिक बिकासका गर्न आब २०७६-७७ कृषि तथा पशु पालनमा समेत सहयोग गरेको छ । पालिकामा गठित बाम जलीय जैविक विविधता संरक्षण समुहका सदस्यहरुलाई बिभिन्न जातका तरकारीको बिउ सहयोग गरिएको छ भने कल्मुडा, मंग्र र बैखा संरक्षण समुहका सदस्यहरुले कागती, धानको बिउ, तरकारी बिउ र बाख्रा पालनमा सहयोग प्राप्त गरेका छन ।
पानी परियोजनाको सहयोगमा मानब कल्यण तथा वाताबरण संरक्षण केन्द्रबाट संचलित राप्ती नदीको जलीय जैविक विविधता संरक्षणको माध्यमले दिगो आर्थिक बिकास परियोजना अन्तर्गत राप्ती गाउँपालिकामा संरक्षण समूह गठन गरि स्थानीय जलिय जैबिक बिबिधता संरक्षण गर्न बिबिध क्रियाकलाप सञ्चालन गरिएको छ । राप्ती गाउँपालिकामाले जलीय जैबिक बिबीधता एबम जलचर ऐन २०७४ पास गरि राप्ती गाउँपालिकामा भित्र अप्राकृतिक तरिकाले माछा मार्न रोक लागेको छ भने स्थानीय सरोकारवाला र संरक्षण समूह राप्ती नदीको जलिय जैबिक बिबिधता संरक्षणमा सक्रिय रहेको मानव कल्याणका कार्यक्रम प्रबन्धक प्रदीप मजगैयाँले जनाएका छन।
बिश्व ब्यापी फैलिएको कोरोनाको कारण स्थानीय मछुवाराहरु लाई कोरोना सम्बन्धि सचेतनामुलक कार्यक्रममा सिमित रहेको मानव कल्याण अब लक डाउन खुले संगै स्थानीय मछुवाराहरु र विदेश बाट फर्किएका परिवार लाई बिशेष लक्षित गरि जलीय जैविक विविधता संरक्षणको साथै जीविकोपार्जन, कृषि र उद्यमशिलता सम्बन्धि कार्यक्रम संचालन गर्न लागेको परियोजना प्रबन्धक प्रदीप मजगैयाँले जनाएका छन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।