राखेपको नवनियुक्त सदस्य-सचिव र उपाध्यक्षले लिए शपथ



काठमाडौं / १४ साउन ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले शपथ लिएका छन् ।

सदस्य सचिव सिलवाल र उपाध्यक्ष कोइरालाले युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरुले युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले शपथ खुवाएका हुन् ।

सिलवाल र कोइरालालाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सदस्य-सचिव र उपाध्यक्षमा नियुक्त गरेको थियो । सिलवाललाई मन्त्रालयले सिफारिस गरेको तीन जनामध्येबाट सदस्य सचिवमा नियुक्त गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।