दाङमा जनता समाजवादी र राजपा संयुक्त परिचयात्मक तथा चियापान कार्यक्रम



ओमप्रकाश गुप्ता, दाङ १४ साउन । जनता समाजवादी र राष्ट्रिय जनता पार्टीकाे संयुक्त परिचयात्मक तथा चियापान कार्यक्रम आज बुधबार दाङकाे घाेराहीमा सम्पन्न भएकाे छ । केन्द्रमा पार्टी एकता भएकाे लामाे समय सम्म पनि जिल्लामा पार्टी एकता तथा संयाेजन नभएकाे अवस्थामा पहिलाे पटक दुई पार्टीकाे जिल्लास्तरकाे परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे हाे ।

राजपा दाङका पूर्व अध्यक्ष किशाेर परियारकाे अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिप्रसाद रिजालकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा बाेल्दै केन्द्रीय सदस्य रिजालले देशमै फरक दृष्टिकोणका साथ बैकल्पिक राजनितीधारकाे रूपमा अगाडि बढेकाे बताए । उनले माओवादी पनि एमालेमा गएर बिलय भएकाे अवस्थामा अब हामी नयाँ बैकल्पिक राष्ट्रिय पार्टी बनाउने अभियान लागेकाे बताए । उनले ७०/८० बर्षकाे राजनितिकाे इतिहासमा पहिलाे पटक परम्परागत राजनीतिकलाई चुनाैति दिंदै सबैभन्दा ठुलाे अनि राष्ट्रिय पार्टीकाे रूपमा विकास गर्न पाउनु नेपाली जनताकाे अहाेभाग्य भएकाे बताए ।

पूर्व जनता समाजवादी पार्टीका दाङ जिल्ला अध्यक्ष तथा संघीय परिषद् सदस्य हाेमप्रसाद शर्माकाे स्वागत, बिषय प्रवेश तथा जिल्लाकाे सांगठनिक अवस्थाकाे जानकारी गराएका थिए । साे अवसरमा बाेल्दै शर्माले राष्ट्रिय तथा स्थानीयस्तरमा सरकारका बेथतिका बिरूद्ध पार्टीका नेता कार्यकर्ताहरू एक ढिक्क भएर अगाडि बढ्नुकाे बिकल्प नभएकाे बताए । उनले सरकारकाे गलत कृयाकलापकाे निरन्तर खबरदारी गर्न जिल्लाभरि सांगठनिक संरचना एकदमै बलियाे बनाउनु पर्ने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालमा केन्द्रीय सदस्य साेमराज जनइदार, संघीय परिषद् सदस्यहरू जीवन भण्डारी, सुरेन्द्रप्रसाद चन्द र कुलबहादुर घर्तीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राजपा र जनता समाजवादी पार्टीका जिल्लास्तरका तीन दर्जन बढी नेता, कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्