टप फिचर

यसकुमारको पहलमा नबराज हत्याकाण्डका घाइते र मृतक परिवारलाई ५ लाख सहयोग हस्तान्तरण

By Saru Sunar

July 29, 2020

सरु सुनार, काठमाडौ / १४ साउन । जाजरकोट रुकुम ( सोती) हत्याकाण्डमा हत्या भएका नबराज बिक, गणेश बुढा, सन्जु बिक, टिकाराम सुनार , गोबिन्द शाही , लोकेन्द्र सुनारको परिवारलाई चर्चित गाएक तथा नायक यसकुमारको नेतृत्वमा आर्थिक सहयोग संकलन गरि आज रिपोर्टस क्लबमा एक कार्यक्रमका बिच पत्रकार सम्मेलन गरि भेरी नगरपालिका मेयर चन्द्र प्रकाश घर्ती मगरलाई रु. पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।

रुकुम जाजरकोट हत्याकान्ड पछि ” रुकुम पश्चिम् सोती नरसंहार सहयोग संकलन अभियान राष्ट्रिय कलाकार समुह अनलाइनबाट यसकुमारको अध्यक्षतामा गठन गरि सहयोग सकलन अभियान सामाजिक संजालबाट नै सुरु गरेका थिए ।

आर्थिक सहयोगको लागि फेसबुक एकाउन्ट ( गो फन्ट मि ) बाट आह्वन गरेका थिए युएसबाट २ लाख ८९ हजार ५ सय , अस्ट्रेलियाबाट ८६ हजार ४ सय ,युकेबाट १ लाख ५० हजार ,गो फन्ट मि ६५ हजार ३ सय, क्यानडा ५० हजार ,उषा १० हजार ,राजु परियार ५ हजार पाँच लाख २१ हजार २ सय जम्मा भएकोमा मृतक परिवारलाई ५० , ५० हजारको दरले र घाइतेलाई १० ,१० हजारको दरले र कानुनी प्रक्रियामा ८० हजार सहयोग गर्ने गरि रु पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् ।

पत्रकार सम्मेलन तथा विशेष कार्यक्रममा चर्चित नाट्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य तथा यसकुमारको सभापतित्व, विशिष्ट अतिथि पुर्ब सभासद जितु गौतम , जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बिश्वकर्मा, गायक कुलेन्द्र बिक, रिसि धमला थिए । कलाकारहरुले अत्यन्तै राम्रो कामको सुरुवात गरेको भन्दैरु १० हजार रिसि धमलाले सहयोग गरेका थिए ।

न्यायको लागि आन्दोलन र कोसिस छदैछ तर लकडाउनको बेला आर्थिक अभावको चपेटामा ती मृतक परिवार परेको हुँदा उनिहरुलाइ थोरै भए नि सहयोग गरेको यश कुमारले बताए । भेरी नगरपालिकाका मेयर सिपि घर्तीले यो घटनाको सुरुवात देखि नै आफू न्यायको पक्षमा उभिएको र सधैं उभिने बताउदै विभिन्न प्रतिकुल समय र परिस्थितिको बाबजुद पनि पार्टी , नेता र कसैको डर , धम्की , लालचमा नपरी न्यायको लागि आफू लडेको र न्याय नपाउदा सम्म लडने बताए ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बिश्वकर्माले कलाकार भनेको गाउने , नाच्ने मात्र नभई समाज परिबर्तनको लागि अन्याय , विभेद र सहयोगको लागि पनि धेरै काम गर्न सकिने बताउदै उक्त कार्यको प्रशंसा ब्यक्त गरे ।संविधान सभा सदस्य जितु गौतमले न्यायको लागि अझै आन्दोलन र थप सघर्स बाकी रहेको भन्दै अगामी दिनमा ६ जना मृतकहरुलाइ राज्यले साँस्कृतिक सहिद घोषणा गर्नु पर्ने र जाजरकोटमा शालिक राखिनु पर्ने र पीडितहरुलाइ पुर्नस्थापना गर्नु पर्ने बताए ।

नाट्य कलाकार मदन कृष्ण श्रेष्ठले सामन्य धारा पधेराको छुवाछूत नभइ , जातकै कारण मान्छेको हत्या हुनु त्यो पनि ६ ,६ जनाको यो अत्यन्तै निन्दनीय भएको बताउदै अब दलित शब्द हटाउनु पर्छ भन्ने जोड दिए । रिपोर्टस क्लबका अध्यक्ष रिसि धमलाले आफू यो घटनामा न्यायको लागि सडकमा आफै उत्रेको र मिडियामा समेत आफुले पहिला उठाएको दाबी गरे र न्याय नपाउदा सम्म आफू न्यायको पक्षमा उभिने समेत प्रतिबद्धता गरेका थिए ।