ओमप्रकाश गुप्ता , सिसहनियाँ १४ साउन । दाङको देउखुरीमा एक पुरुषको शव फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी प्रतिक्षलयमा बुधवार विहान प्युठान साबिक धर्मावती गाविस ४ बस्ने ४४ बर्षिय हिरा बहादुर केसी मृत फेला परेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।